सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक

काठमाडौँ । नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतलाई पितृ शोक परेको छ । उनका पिता पूर्णबहादुर बस्नेतको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सोमबार निधन भएको हो ।

लामो समयसम्म सैनिक सेवामै जीवन बिताएका ८९ वर्षीय बस्नेत केही समयदेखि मुटु रोगको उपचारमा थिए । उनको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनो पारिवारले जनाएको छ । उनका दुई छोरी र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *