दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुस् साउन २० गते मंगलबारको राशिफल

श्री शाके १९४७ बि. स .२०८२ साल श्रावण २० गते मंगलबार इश्वी सन् २०२५ अगस्त ५ तारिख श्रावण शुक्ल पक्ष एकादशी तिथी ज्येष्ठा नक्षत्र ऐन्द्र योग भद्रा करण चन्द्रमा बृश्चिक राशिमा पश्चात धनु राशिमा आनन्दादि योगमा मुद्गर योग सिद्धार्थी नाम संवत्सर सुर्य दक्षीणायन वर्षा ऋतु पुत्रदा एकादशी व्रत –ज्यो पं सरोज घिमिरे

मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारको मार्गदर्शन नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृष राशि– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका व्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि– का, कि, कु, घ, ङ, छ, के, को, ह

जीवनसाथीको सहयोगले गरिएको व्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पूर्ण हुनेछन् । बोलीको प्रभावको कारण मान्यजनको साथ पाइनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि– हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शुभ चिन्तकको वृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पूर्ण विश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरेकै वेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि –मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन् । बौद्धिक व्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अपजस आइपर्ने छ ।

कन्या राशि –टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशा पूर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मूल्यांकन हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि– र, रि, रु, रे, रो, ता, ति, तु, ते

आँट साहसको कमीले कार्यमा व्यवधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईंलाई आफ्नो कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पूर्ण यात्राको योग रहेको छ । हतासमा गरिएको कार्यले झन्झट दिलाउला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि– तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थमा आएको खराबीले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । अरुको अनुसरणले तपाईंलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हुनेछ ।

धनु राशि –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउनेछ । जिद्दी स्वभाव तथा अरुले देखाएको बाटो अनुसरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा पारिवारिक कलहको सामना गनुपर्नेछ । व्यापार व्यवसायमा समय खर्चिँदा उत्तम रहनेछ ।

मकर राशि– भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफ्नो प्रिय व्यक्ति सँगको वियोगले मन निरुत्साहित रहला । अन्य व्यक्तिको विश्वास गर्ने बानीमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि– गु, गे, गो, सा, सि, सु, से, सो, द

आम्दानी वृद्धिका लागि विद्यत व्यक्तित्वहरुको मार्गदर्शन अवलम्बन गर्नु लाभदाइक रहला । मित्र जनको सहयोगबाट मन प्रशन्न रहला । बोलीको कारण साथीभाइ टाढिन सक्छन् । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि –दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाव उत्पन्न गराउन सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा वृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । मेहनतको राम्रो फल प्राप्त हु्नेछ । व्यापार व्यवसायमा राम्रो समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *