रवीन्द्र ढाँट एमएफएन च्याम्पियन

काठमाडौं । नेपालका एमएमए फाइटर रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन)को च्याम्पियन बनेका छन् । शनिबार राति भारतको नोएडामा सम्पन्न फाइटमा भारतका डिफेन्डिङ च्याम्पियन चुनरेङ कोरेनलाई हराउँदै  रवीन्द्र च्याम्पियन बनेका हुन् ।

रवीन्द्रले तेस्रो राउण्डको ५४ औँ सेकेन्डमा कोरेनलाई नकआउट गर्दै उपाधि हात पारेका हुन् ।

व्यावसायिक एमएमए करिअरमा यो उनको नवौँ जित हो । यससँगै उनले एमएफएन बान्तमवेट डिभिजनको बेल्ट पनि आफ्नो नाममा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *