काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रीहरु, पूर्वसभामुखहरु अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत विभिन्न दलका नेता तथा कुटनीतिक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए ।कार्यक्रममा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुती दिएका थिए ।













