रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा बसेको रेशम चौधरी पक्षको भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा भने नाउपाले छलफल गरिरहेको बताएको छ । घुसकाण्डमा मुछिएसँगै रञ्जिता विवादमा तानिएकी थिइन् ।

उनले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएपछि पार्टीभित्र विरोध भएको थियो र रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो।

रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले आजै निर्वाचन आयोगलाई जानकारी गराएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *