कांग्रेसले बोलायो पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र सरकारका मन्त्रीसहितको बैठक बोलाएका छन् ।

सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने गरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा विभिन्न प्रदेशका नेता तथा प्रचार विभाग प्रमुखलगायतलाईसमेत बोलाइएको छ । संसदमा रहेका विभिन्न विधेयक, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *