काठमाडौंको कमलादीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । काठमाडौंको कमलादीमा गएराति स्कुटर दुर्घटना हुँदा उदयपुरकी समीक्षा रिजालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *