गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

गोरखा । गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। आर्थिक वर्ष २०८२/०८३ सुरू भएसँगै भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक र भीमसेनथापा गाउँपालिकामा जग्गाको कित्ताकाट रोकिएको हो।

मालपोत कार्यालयले ती पालिकाको कित्ताकाट नहुने भएपछि जग्गा खरिदबिक्री पनि रोकिएको जनाएको छ।

जिल्लाका ६ पालिकाले भने आधार तथा मापदण्ड, नक्सा अद्यावधिकलगायतका काम सम्पन्न गरिसकेका छन्। पालुङटार नगरपालिका, अजिरकोट, बारपाक सुलिकोट, आरुघाट, सहिदलखन र गण्डकी गाउँपालिकाले जग्गा वर्गीकरणको काम सम्पन्न गरेका हुन्।

जग्गा वर्गीकरण गरिसकेका पालिकाको हकमा खरिदबिक्रीमा कुनै समस्या नआउने प्रमुख मालपोत अधिकृत जगदीश मिश्रले बताए। अन्यको हकमा भने खरिदबिक्रीको काम रोकिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *