तस्बिरमा हेर्नुहोस् नेपाली क्रिकेट टोलीको क्लोज क्याम्प (फोटोफिचर)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बिहीबारबाट शुरु भएको छ । नेपाल क्रिकेट संघ(क्यानले आजबाट शुरु गरेको क्लोज क्याम्पमा ३२ खेलाडी रहेका छन् ।

क्यानले अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण राखेको हो ।

बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, भीम सार्की, गुल्शन झा, रुपेश सिंह, बसीर अहमद, शहाब आलम, युवराज खत्री, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, ऋजन ढकाल, प्रतिश जिसी, मोहम्मद आदील अलाम ललित राजवंशी, कमलसिंह ऐरी, सागर ढकाल, किरण ठगुन्ना, सन्दीप लामिछाने, आकाश चन्द, विवेक यादव, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, सुभ कंसाकार, अर्जुन घर्ती र लोकेश बम रहेका छन् ।

ओमानमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालको समूहमा कुवेत र जापान रहेका छन् ।

छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’मा पुग्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन् ।

तस्बिर सौजन्य :- क्यान

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *