अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी । अमेरिकाको अलास्काको दक्षिणी तट नजिकै ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेकाअनुसार बिहीबार अलास्काको दक्षिणी तट नजिकै ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुरुमा सुनामीको चेतावनी जारी गरिएपनि पछि फिर्ता लिइएको थियो ।

अमेरिकी भूगर्भ सर्वेका अनुसार भूकम्पको केन्द्र स्यान्ड पोइन्ट नजिकै, अलास्का प्रायद्वीपको पपफ टापुको उत्तरपश्चिम क्षेत्रमा रहेको थियो ।

राजधानी आङ्करेजबाट करिब ९६५ किलोमिटर दक्षिणपश्चिममा रहेको यो स्थान आसपासका क्षेत्रमा समेत व्यापक रूपमा भूकम्पको झट्का महसुस गरिएको बताइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन । पछिल्लो एक सातामा त्यहाँ ४०० वटा भूकम्प मापन गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *