चीनतर्फ भारी वर्षासँगै भोटेकोशीमा बाढी, नेपाल र चीन जोड्ने मितेरी पुल बगायो

काठमाडौँ । चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा ठुलो बाढी भएको छ । लेदोसहित आएको बाढीले आज बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गाउँपालिका, रसुवागढीस्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा बगाएको हो ।

भन्सार यार्डमा बाढी पसी भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरूपनि बगाएको स्थानीय प्रशासनले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको आधिकारिक जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *