श्रीलंकाविरुद्ध नेपालको शुरुवाती ११ घोषणा

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत केहिबेरमा श्रीलंकाविरुद्ध हुने खेलको लागि नेपालको शुरुवाती ११ घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले सावित्रा भण्डारीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका छन् ।

मुख्य प्रशिक्षक प्याट्रिकले आजको खेलमा एक परिवर्तन गरेका छन् । लाओसविरुद्धको पहिलो खेल खेलेकी सरु लिम्बूको स्थानमा प्रीति राई शुरुवाती ११ मा आएकी छिन् ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लाओसमाथि ९-० गोलको फराकिलो जित निकालेको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । नेपाललाई समूह विजेता बन्न सबै खेल जित्न आवश्यक रहेको छ ।

नेपालको शुरुवाती ११ :- अन्जना राना मगर(गोलरक्षक); समिक्षा केसी, गीता राना, निशा ठोकर; प्रीति राई, सरस्वती हमाल, सविता राना मगर, रेनुका नगरकोटी, अनिता  बस्नेत; सावित्रा भण्डारी(कप्तान), रश्मी कुमारी घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *