नेदरल्यान्ड्सद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । डुन्डेस्थित फोर्टहिलमा जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ सय २६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४९.१ ओभरमा अल आउट हुँदै २ सय २५ रन बनाएको हो । नेदरल्यान्ड्सका लागि नोह क्रोएस ४६, कप्तान स्कट एडवार्ड ४६, विक्रमजित सिंह  ३८, जाच लियोन-काचेट २७, र रोलोफ भान डेर मेर्वे २१ र तेजा निडामानुरु १३ रनको योगदान गरे ।

नेपालको लागि सोमपाल कामीले तीन विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई/दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *