पञ्जावलाई हराउँदै बैंगलुरु आईपीएल च्याम्पियन

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलुरुले १८ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को उपाधि जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा पञ्जाव किंग्सलाई ६ रनले हराउँदै बैंगलुरुले पहिलोपटक आईपीएलको उपाधि उचालेको हो ।

जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनमात्र बनाउन सक्यो । पञ्जावको लागि  शशांक सिंहले सर्वाधिक ६१ रन बनाएपनि जितको लागि पर्याप्त रहेन । उनले ३० ओभरमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै जोश इंग्लिसले ३९, प्रभ्सिम्रन सिंहले २६ र प्रियांश आर्याले २४, नाहेल वाधेराले १५ रन बनाए ।

बैंगलुरुको लागि कुर्नाल पान्ड्य र भुवनेश्वर कुमारले समान दुई/दुई विकेट लिंदा याश दयाल, जोश हज्लेवुड र रोमारियो शेफार्डले एक/एक विकेट लिए ।

यसअघि अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । बैंगलुरुको लागि विराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रजत पतिडरले २६, लियम लिभिङस्टोनले २५ तथा मायाँक अग्रवाल र जितेश शर्माले २४/२४ रन बनाए । यस्तै रोमारियो शेफार्डले १७ र फिल साल्टले १६ रनको योगदान गरे ।

पञ्जावको लागि अर्श्दीप् सिंह र कल जेमिसनले तीन/तीन विकेट लिँदा अज्मातुल्लाह ओमारजाइ, विजयकुमार वैशांक र युज्वेन्द्र चहालले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *