नेपाल आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपालले घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:३० बजे शुरु हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । यसअघि शनिबार बन्द रंगशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग १-० गोलले पराजित भएको थियो । थाइल्याण्ड तुलात्मक रुपमा बलियो टोली रहेको छ । फिफा वरीयतामापनि थाइल्याण्ड नेपाल भन्दा माथि रहेको छ । पछिल्लो वरीयताका अनुसार नेपाल ९९ औं स्थान र थाइल्याण्ड ४७ औं स्थानमा रहेको छ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीको लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एसियन छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा लाओस, श्रीलंका र उज्वेकिस्तान रहेका छन् । छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ । दोस्रो खेल जुलाइ २ मा श्रीलंकासँग र तेस्रो तथा अन्तिम खेल जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

नेपाली टोलीः

गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिर, मनमाया दमाई

मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू,  सविता राना मगर, सरस्वती हमाल, सुस्मा तामाङ

फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *