नेपालका हिमाली क्षेत्रमा स्टारलिंकको इन्टरनेट संचालन, अनधिकृतरुपमा संचालन नगर्न प्राधिकरणको चेतावनी

काठमाडौं । हिमाल आरोहण संचालन गर्ने कम्पनीहरुले अनाधिकृत रुपमा स्टारलिंक इन्टरनेट सेवा संचालन गर्ने गरेको पाइएको छ ।

अनाधिकृत रुपमा इन्टरनेट संचालन गर्ने गरेको पाइएपछि नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरित यस्तो कार्य नगर्न/नगराउन आग्रह गरेको छ ।

सूचना जारी गरी प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी दूरसञ्चार (इन्टरनेट) सेवा उपलब्ध गराइरहेको र प्रयोग गरिरहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

स्टारलिंकका मालिक एलन मस्कले केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरी नेपालमा स्टारलिंकलाई अनुमति दिन आग्रह गरेका थिए । तर सरकारले यसबारेमा कुनै निर्णय गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *