धनकुटामा एउटा कारबाट ४ सय २१ किलो गाँजा बरामद

काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोसी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन वेश मुलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए ।

डिउटीमा रहेका सशस्त्र प्रहरीले शंका लागि जाँच गर्न खोज्दा भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कार चालक भने फरार रहेका थापाले बताए । कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *