आईपीएलमा बैंगलुरुको पाँचौ जित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुले पाँचौ जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा पञ्जाव किंग्सलाई ७ विकेटले हराउँदै बैंगलुरु शीर्ष चारमा उक्लिएको हो ।

मुल्लान्पुरमा भएको खेलमा टस हारेर  पहिले ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । पञ्जावको लागि प्रभ्सिम्रन सिंहले ३३, शशांक सिंहले ३१, जोश इंग्लिसले २९, प्रियांश आर्याले २२ र मारको जेन्सनले २५ रन बनाए ।

बैंगलुरुको लागि कुर्नाल पान्ड्यले दुई/दुई विकेट लिंदा रोमारियो शेफार्डले एक विकेट लिए ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १८.५ ओभरमा तीन विकेटको क्षतिमा १ सय ५९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । बैंगलुरुको लागि विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । उनले ५४ बलमा ७ चौका र १ छक्का हिर्काए । यस्तै देभ्दत्त पड्डिकलले ६१, रजत पतिदरले १२ र जितेश शर्माले ११ रन बनाए ।

पञ्जावको लागि अर्शदिप सिंह, हर्पित ब्रार र युज्वेंद्र चाहालले समान एक/एक विकेट लिए ।

जितसँगै बैंगलुरु ८ खेलबाट १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको पञ्जाव चौथो स्थानमा रहेको झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *