शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.१४ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । आज बजारमा ८५ कम्पनीको मूल्य बढेको छ । १४५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा राप्ती हाइड्रो पावरको शेयर ९.८६ प्रतिशतले बढेको छ ।

सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २० करोड,सीईडीबी होल्डिंसको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *