देशमा परिवर्तनको हावा चलिसक्यो, हिन्दू राष्ट्रतिर जाउँः सांसद राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले मुलुकलाई सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद राणाले अहिले आमनागरिकले सनातन हिन्दू राज्य चाहेको बताएका हुन् । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भइसकेको र देशमा परिवर्तनको हावा चलिसकेको बताए ।

उनले भने, ‘देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दू राज्य चाहेका छन् । त्यसैतर्फ जाउँ । असफल भएको गणतन्त्र हटाउँ । देशमा परिवर्तनको हावा चलिसक्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *