गण्डकीमाथि कोशीको शानदार जित

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ । आइतबार बिहान भएको खेलमा कोशीले गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको हो ।

जितको लागि ३२ रनको विजयी लक्ष्य पछ्याएको कोशीले ८.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो । कोशीको लागि शाकिब हाकले १६, चिराग साहले १० र सोनु अन्सारीले ४ रन बनाए ।

गण्डकीको लागि सुवास भण्डारीले एक विकेट लिए ।

यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको गण्डकीले २०.४ ओभरमा अलआउट हुँदै ३१ रन जोडेको थियो । गण्डकीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जितसँगै गण्डकी ४ खेलबाट २ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको कोशी साँतौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *