पोखरा । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा!रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार दिउँसो भएको क्वाटरफाइनलमा खेलमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो ।
पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले एक गोल गरे । खेलको ८९ औं मिनेटमा राज भुषालले गोल गर्दै चर्च ब्वाइजलाई जित दिलाएका हुन् ।
यससँगै साविक विजेता आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।