नेपाली महिला टोलीको बन्द प्रशिक्षणबाट ९ खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीको बन्द प्रशिक्षणबाट ९ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फूटबल संघ(एन्फा)का अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ९ खेलाडीलाई बाहिर राख्दै ३० खेलाडीको प्रारम्भिक टोली बनाएका हुन् ।

नेपालले १७ फेब्रुअरी देखि २६ फेब्रुअरीसम्म घरेलु मैदान दशरथ रंगशालामा चार देशीय फूटबल प्रतियोगिता खेल्दैछ । प्रतियोगितामा सहभागी जनाउने टोलीमा नेपालसहित म्यानमार, लेबानन र किर्गिस्तान रहेका छन् ।

नेपाली टोली:

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सावित्री किशान, सुजता तामाङ

डिफेन्डर: अमृता जैशी, गीता राना, बिमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, सजनी थोकर, प्रतीक्षा चौधरी,

मिडफिल्डर: अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर,  रेनुका हमाल, सम्झना लावती, सुष्मा तामाङ, मन माया दमाई, ब्रिशाना चौधरी

फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *