काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २९ औं थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिमा सहभागी हुन थाइल्यान्डको चाङमाइ जाने ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।
फेब्रुअरी १२ तारिखमा हुने प्रतियोगितामा कृष्णप्रसाद सिग्देल, गिवार्णविक्रम शाह, सुनिल शाक्य, नरेन्द्रमान श्रेष्ठ, अशोक विष्ट, गौतम माझी, सुनिलकुमार लालवानी, शंकर शाह र गोविन्दबहादुर थापाले विभिन्न उमेरसमूहको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टीम व्यवस्थापकमा भैरव शाही र अफिसियलमा सची शाह छन् ।