काठमाडौं । न्युरोड टिम(एनआरटी)ले २५ औं बुढा सुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले हराउँदै एनआरटीले उपाधि चुमेको हो ।
भएको खेलमा एनआरटीलाई जित दिलाउन हेर्नी अडुसेट पोकोले दुई गोल गरे । चर्च ब्वाइजको लागि अनन्त तामाङले एक गोल गरे । खेलको २२ औं मिनेटमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई शुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा पोकोले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए ।
५७ औं मिनेटमा पोकोले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई जित दिलाएका हुन् । यससँगै एनआरटीले लगातार दोस्रोपटक उपाधि प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्दा चर्च ब्वाइजले पाँच लाखमा चित्त बुझायो ।