-दुङ्जिन लाेपाेन रिम्पाेछे
काठमाडौंको स्वयम्भू महाचैत्य परिसरभित्र अवस्थित ‘कुदुङ छ्योर्तेन’ एक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नेपाली शैलीको चैत्य हो ।
यो १८औं शताब्दीमा परम् पावन् १०औं श्यामार्पा छ्योडुप ग्याछो ‘धर्मसिद्धि सागर’ को सम्मानमा निर्माण गर्न अनुमति दिइएको थियो ।
श्यामार्पा वंश, कर्म काग्यु परम्पराको एक प्रमुख धारामा पर्ने उच्च धर्मगुरुहरूको परम्परा हो, जसलाई ूरातो मुकुटधारी लामाू पनि भनिन्छ ।
१०औं श्यामार्पा छ्योडुप ग्याछो ९१७४२–१७९२० एक प्रख्यात विद्वान, ध्यान गुरु र धर्मरक्षक थिए । उनको योगदान हिमाली बौद्ध धर्मको प्रसार र शिक्षा तथा नेपाल एकीकरणको स्थापनामा महत्वपूर्ण भूमिका मानिन्छ
।
नेपालमा उनको विशेष सम्बन्ध रहेको थियो । विशेष गरी स्वयम्भू क्षेत्र र यसका धार्मिक सम्पदाहरूसँग जोड़िएका यसलाई ूकुदुङ छ्योर्तेनू भनिन्छ, जसको अर्थ महापुरुषहरूको पवित्र अवशेष संकलन गरिएको स्तूप भन्ने हून्छ ।
यो चैत्य नेपाली कला र वास्तुकलाको अनुपम नमुना हो, जसमा परम्परागत शैली, शिल्प र आध्यात्मिक गहिराइ झल्किन्छ ।
यो चैत्य आज पनि साधकहरू, तीर्थयात्रीहरू र बौद्ध अनुयायीहरूका लागि एक प्रेरणाको स्रोत बनेको छ ।
१०औं श्यामार्पाको ज्ञान, करुणा र बौद्ध शिक्षाप्रतिको समर्पणको प्रतीकस्वरूप यो ऐतिहासिक संरचना जीवित रहेको छ ।



स्राेतः विजय पाैडेलकाे फेसबुकबाट