कैलालीको धनगढीमा घरायसी विवादका क्रममा भाइले गरे दाजुको हत्या

धनगढी । कैलालीको धनगढीमा घरायसी विवादका क्रममा भाइले दाजुको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –१७ दिपनगर टोल बस्ने लालबहादुर बोहराको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै भाइ प्रकाश बोहराले कुटपिट गरेको बताए ।

त्यसक्रममा उनको घाँटीमा कैँची प्रहार गरिएको थियो । कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।

तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरी निरीक्षक खड्काले बताए। बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *