काठमाडौं । गायिका ज्योती मगरले समीक्षा अधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् । मगरले नेपालको एयरपोर्ट, एयरलाइन्सहरूको बारेमा बुझेर मात्र टिप्पणी गर्न र आफूलाई भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउन आग्रह गरेकी छन् । आइतबार गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको लापरबाहीका कारण आफ्नो कार्यक्रम छुटेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी थिइन् ।
यस्तो छ समीक्षा अधिकारीको स्टाटस
मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन् । केही दिनअघि पनि मैले यही एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो । आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन । यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन।’
समीक्षाले यस्तो स्टाटस लेखेपछि ज्योतीले आफूलाई व्यस्त कलाकार नदेखाउन भन्दै समीक्षालाई लक्षित गरी स्टाटस लेखेकी छन् ।
यस्तो छ ज्योती मगरको स्टाटस
म अचेल प्रत्येक दिन २ वटा जति फ्लाइट गर्छु एक दिन त मैले बिहान विराटनगर टु काठमान्डु टु पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर ४ वटा फ्लाइट सम्म गरे… मौसमको कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ वटा ठूला कार्यक्रम रद्द गर्नुपर्यो… किनकी प्रकृति भन्दामाथि हामी कोही छैन…
भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरु आजभोलि अधिकांश एरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै…नेपालको एयरपोर्ट एयरलाइन्सहरुकोबारेमा बुझ पाखेहरु कुनैपनि एयरलाइनसले जानीजानी दुःख दिँदैनन् एयरपोर्ट सानो छ अन्तर्राष्ट्रिय उडानदेखि डोमेस्टिक उडान एउटै रन–वेमा हुन्छ विभिन्न टेक्निकल कुराहरु हुन्छन् जहाजहरु उड्न उडाउन पार्किङ गर्न सबै कुराको अनुमती दिने निश्चित निकायहरु हुन्छन्… एउटा प्यासेन्जरले सिटबेल्ट मात्रै लाउन नमानिदिँदा टेकअफ पोइन्टमा पुगेको जहाजसम्म फर्काउनु पर्ने सास्ती एयरलाइन्सवालाले भोग्नुपर्छ…साझा बस चढेर ड्राइभरलाई बस स्टाफलाई मनलागी गाली गर्या जस्तो होइन…फलानो एयरलाइन्स ठिक छ फलानो एयरलाइन्स धोकेबाज भन्दै मनगठन्ते फाल्तु कुरा गर्नु बेकुफी हो…प्रिय कलाकारहरु आजभोलि एउटा नियम छ एयरपोर्टभित्र जाहाजको वरिपरी फोटो खिच्न पाइँदैन पिलेनतिर फर्केर फोटो खिचेर आफूलाई भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउनु होला… कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौं धन्यवाद तोर्पेज्यूहरु…
