महिला लिग : पुलिसमाथि एपीएफको शानदार जित

काठमाडौं । एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल एपीएफ क्लबले शानदार जित निकालेको छ । बिहीबार दिउँसो भएको विभागीय डर्बीमा एपीएफले पुलिस क्लबलाई ६-० गोलले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन कप्तान अनिता केसीले ह्याट्रिक पूरा गर्दा सरु लिम्बूले दुई र रेनुका नगरकोटेले एक गोल गरिन् ।

जितसँगै एपीएफ तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *