राजदूत ओलीले चिनियाँ राष्ट्रपति सीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । चीनका लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ओलीले आज चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बिहीबार आयोजित विशेष समारोहमा राजदूत ओलीले चिनियाँ राष्ट्रपति सीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति सीले राजदूत ओलीलाई उनकाे सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

“बेइजिङमा आउनुभएका २९ राजदूतहरूको लागि सामूहिक रूपमा आज एक समारोहको आयोजना गरिएको थियो”, दूतावासद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “राजदूतहरूलाई स्वागत गर्दै महामहिम सी चिनफिङले चीनमा सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।”

साे समाराेहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, विदेश मामिलासम्बन्धी केन्द्रीय आयोगको कार्यालयका निर्देशक एवम् विदेशमन्त्री वाङ यीलगायत चिनियाँ अधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *