काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । शनिबार बेकुकी भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले हराएको हो ।
ताजिकिस्तानस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन जिलेश्पी जंग कार्की र रोहित चन्दले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औं मिनेटमा जिलेश्पीले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा रोहितले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल २-० गोलले विजयी भएको हो । यसअघि बुधबार ताजिकिस्तानसँग भएको खेलमा नेपाल ४-० गोलले पराजित भएको थियो ।
