काठमाडौं । ताजिकिस्तान भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । डुशानबे सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे शुरु हुनेछ ।
यसअघि बुधबार भएको ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो ।
फिफा वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको छ भने अफगानिस्तान १ सय ५१ औं स्थानमा रहेको छ ।
