इजरायली हवाई आक्रमणमा गाजामा १७ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमणमा हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरायली सेनाले उग्रवादी समूहलाई पूर्ण रूपमा नष्ट गर्ने लक्ष्यसाथ गरेको निरन्तर आक्रमणले गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।

हालैका महिनाहरूमा, इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारवाही सञ्चालन गरिरहेका छन् ।
इजरायली सेनाले आइतबार आफ्नो सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रलाई घेराबन्दी गरेको बताएको छ ।

“इजरायली सेनाले उक्त क्षेत्रलाई सफलतापूर्वक घेरेका र हाल उक्त क्षेत्रमा सक्रिय छन्”, सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हमासद्वारा सञ्चालित गाजाका नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले जबलियामा रातारात हमला भएको बताए । “जबालियामा भएको इजरायली हवाई आक्रमणमा नौ बालबालिकासहित १७ जना मारिएका छन्”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *