काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा अन्तर्गत केहिबेरमा क्यानडाविरुद्ध हुने खेलमा नेपालले टस हारेको छ । किंङ सिटीमा हुने खेलमा क्यानडाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । ओमानविरुद्धको पहिलो खेलबाट देभ खनालको स्थानमा सोमपाल कामी टोलीमा फर्किएका छन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल कुमार शाह रोहित पौडेल(कप्तान), कुशल मल्ल. दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल