युनाइटेडको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोटेन्हामले १० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेडलाई ३-० गोलले हराएको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ब्रेनान जोन्सन, डेजान कुलुसेव्सकी र डोमिनिक सोलान्केले समान एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमा जोन्सनले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ब्रुनो फर्नान्डेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

४७ औं मिनेटमा कुलुसेव्श्कीले गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा सोलान्केले गोल गर्दै टोटेन्हामलाई ३-० गोलको जित दिलाएका हुन् ।

जितसँगै टोटेन्हाम ६ खेलबाट १० अंक जोड्दै लिगको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको युनाइटेड १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *