चाइना साउदर्न एयरलाइन्सको सेवामा विश्वसनियताः नेपालकाे संकटमा रोकिएन सेवा

काठमाडौँ । भारी वर्षाले निम्त्याएको संकटका बेला आफ्ना कुनै पनि उडान रद्द नगरी चाइना साउदर्न एयरलाइन्सले नेपालको उडानमा विश्वसनियता थपेको छ । लगातारको भारी वर्षाले अधिकांश विमानहरूकाे आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द भइरहदा चाइना साउदर्नले यात्रुहरूको यात्रा अधिकार र हितको रक्षामा प्रतिवद्धता देखाएको हो ।

एअरलाइन्सको काठमाडौँस्थित कार्यालयले एक विज्ञप्ती जारी गरी भारी वर्षाले निम्त्याएको संकटमा पनि एयरलाइन्सले तुरुन्तै प्रतिक्रिया जनाउँदै उडान सञ्चालनको सुरक्षा र स्थिरता सुनिश्चित गर्न हर सम्भव प्रयास गरेको र यात्रुहरूको यात्रा अधिकार र हितको रक्षामा उच्च महत्व दिएको जनाएको छ ।

ग्वाङ्जाओबाट काठमाडौँका लागि उडान गर्ने चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड३०६७ विमानले सेप्टेम्बर २७ तारिखकाे साँझ खराब मौसमका कारण सामान्य अवतरण गर्न सकेन । अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने वा ल्याण्ड नगरी फर्कने निर्णय गरेकाे सन्दर्भमा चाइना साउदर्नले भने बंगलादेशको ढाका विमानस्थलमा डाइभर्ट गरेर मौसम सुधार भएपछि काठमाडौँ फर्काएकाे थियाे ।

बंगलादेशबाट उडेको दुई घण्टामा उक्त विमान काठमाडौँ विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेकाे थियाे । उडानको सुनिश्चितता र दक्षता सुधार गर्ने क्रममा काठमाडौंबाट ग्वान्जाओको लागि उडान सीजेड३०६८ले ४० मिनेटपछि उडान भरेको थियो । ४ घण्टा ढिलो भएपनि एअरलाइन्सले नेपाली यात्रुहरूको यात्रा आवश्यकताहरूलाई प्रभावकारी रूपमा पूरा गर्न सफल भएको थियो ।

त्यसैगरी, सेप्टेम्बर २८ तारिख साँझमा ग्वाङ्जाओबाट काठमाडौँको लागि उडान भरेकाे उडान नम्बर सीजेड३०६७ मौसमको कारण २ घण्टा ढिला भएको थियो । काठमाडौँबाट ग्वाङ्जाओका लागि उडान गर्ने सीजेड३०६८ का ३० यात्रुहरूलाई ट्रान्जिट हुँदै अष्ट्रेलियाको सिड्नीमा जान नपाउने जोखिम थियो ।

चीनको राष्ट्रिय दिवसको बिदामा यात्रुको उच्च चाप हुने कारण यात्रुको व्यवस्थापनमा निकै कठिन मानिन्छ । सिड्नीका लागि सबै उडानका सीटहरू पूरै बुक भएकोले पुनः बुकिंग गर्न वा समय परिवर्तन गर्न असम्भव थियो । यस्तो अवस्थामा ती ३० यात्रुहरू काठमाडौँ वा ग्वाङ्जाओ मा अलपत्र पर्ने अवस्था रहेको थियो ।

यस्तो आकस्मिक समस्यालाई समाधान गर्न चाइना साउदर्न एयरलाइन्सले तत्काल आपतकालीन प्रतिक्रिया चालेको थियो । विभिन्न स्रोतहरूको उपयोग गर्दै विमान व्यवस्थापनले टेक-अफ र ल्यान्डिंग समय, उडान मार्ग चयन र ग्राउन्ड ह्याण्डलिङ सेवामा तत्काल सुधार र व्यवस्थित गर्याे । यसले ती ३० यात्रुहरूको सहज गन्तब्यसम्मको उडान सुनिश्चित गरेकाे थियाे ।

चाइना साउदर्न एयरलाइन्स चीनको सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो जसले वार्षिक १४ करोड भन्दा बढी यात्रुलाई सेवा पुर्याउँछ । हाल चीनको ग्वान्जाओदेखि काठमाडौँसम्म दैनिक दुई नियमित उडान सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *