प्रि-सिजनको पहिलो खेलमा म्याड्रिड पराजित

एजेन्सी । प्रि-सिजनको लागि अमेरिका भ्रमणमा रहेको रियल म्याड्रिडले मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । बिहीबार बिहान भएको पहिलो खेलमा म्याड्रिड एसी मिलानसँग १-० गोलले पराजित भएको हो ।

चिकागोमा भएको खेलमा एसी मिलानलाई जित दिलाउन सामुएल चुक्वेजेले दोस्रो हाफको ५५ औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै आजै भएको अन्य मैत्रीपूर्ण खेलमा लिभरपुलले आर्सनललाई २-१ गोलले हराउँदा चेल्सीले क्लब अमेरिकामाथि ३-९ गोलको जित हासिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *