काभा नेसन्स लिग आजदेखि शुरु हुँदै , उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने उद्घाटन खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ ।

शुरुवातको दुई संस्करणको विजेता नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ ।

साउन २३ गतेसम्म चल्ने प्रतियोगिता नेपालसहित श्रीलंका, इरान, भारत र माल्दिभ्सको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि अंक तालिकामा पहिलो र चौथो तथा दोस्रो तेस्रो स्थानमा रहने टिमबीच सेमिफाइनल खेलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *