राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उनले शपथ लिएका हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त भएका थिए ।

साथै उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित थिए ।

त्यस अवसरमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवलगायतका व्यक्तित्वको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *