ओलम्पिक महिला फूटबल : जर्मनी, स्पेन, ब्राजिल, फ्रान्स र अमेरिकाको विजयी शुरुवात

एजेन्सी । फ्रान्समा जारी समर ओलम्पिक अन्तर्गत भएको महिला फूटबलमा जर्मनी स्पेन, ब्राजिल, फ्रान्स र अमेरिकाले विजयी शुरुवात गरेका छन् । बुधबार बेलुकी भएको पहिलो खेलमा क्यानडाले न्युजिल्याण्डलाई २-१ गोलले हराएको हो ।

यस्तै अन्य खेलमा स्पेनले जापानलाई २-१, जर्मनीले अष्ट्रेलियालाई ३-० र ब्राजिलले नाइजेरियालाई १-० गोलले हराएको हो ।

यस्तै बिहीबार रातिनै भएको अन्य खेलमा फ्रान्सले कोलम्बियालाई ३-२ र अमेरिकाले जाम्बियालाई ३-० गोलले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *