फ्रान्समाथि इटालीको जित

एजेन्सी । युईएफए नेसन्स लिगमा इटालीले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इटालीले फ्रान्सलाई ३-१ गोलले पराजित गरेको हो ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा इटालीलाई जित दिलाउन फेडेरिको डिमार्को, डाभिडे फ्राट्टेसी र गिअकोमो रास्पाडोरीले समान एक/एक गोल गरे । फ्रान्सको लागि ब्राडली बार्कोलाले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्स पराजित भएको हो । खेलको पहिलो मिनेटमा बार्कोलाले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा डिमार्कोले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । ५१ औं मिनेटमा रेटेगुको पासमा फ्राट्टेसीले गोल गर्दै फ्रान्सलाई २-१ गोलको अग्रता दिलाएका थिए । यस्ती ७४ औं मिनेटमा रास्पोडोरीले गोल गर्दै इटालीलाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै इटालीले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *