एसिया कप खेलेर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । श्रीलंकामा भएको एसीसी महिला एसिया कप खेलेर नेपाली महिला टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बिहीबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *