दीपेन्द्र र रोहितले ग्लोबल टी-२० लिगको पहिलो खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको ग्लोबल टी–२० क्यानडा लिगको पहिलो खेल गुमाउने भएका छन् । भिसा आउन ढिलाइ भएका कारण उनीहरूले लिगको पहिलो खेल गुमाउने भएका हुन् ।

लिगका लागि दीपेन्द्र बुधबार राति क्यानडा प्रस्थान गरेका थिए भने रोहित आज क्यानडा उड्ने तयारीमा छन् । दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो नेसनल्सबाट ग्लोबल टी-२० लिग खेल्दैछन् । दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक लिग खेल्न लागेका हुन् ।

सन्दीप लामिछाने भने लिगका लागि क्यानडा पुगिसकेका छन् । र, उनी पहिलो म्याचदेखि नै प्लेइङ–११ को लागि उपलब्ध हुने छन् । सन्दीप पनि यसपटक दीपेन्द्रआबद्ध भ्यानकुभरमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *