काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य अभिनित नेपाली चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै चलचित्र टोलीले गीत सार्वजनिक गरको हो ।
सार्वजनिक गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ । यस्तै लेखु सहयात्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत भरेका छन् ।
