त्रिशूली नदीमा बस बेपत्ता घटनाको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बस र यात्रु बेपत्ता घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार गृहमन्त्रीमा नियुक्ति भएका लेखकले राष्ट्रपतिसमक्ष सपथग्रहण गरेपछि पदभार सम्हाल्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । ६५ यात्रुमध्ये केहीको मात्रै शव भेटिएको छ भने अन्य यात्रु र बसको अवस्था अझै अज्ञात नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *