शान्तीश्रीको स्वरमा ‘यसपालीको तीजमा’

काठमाडौं । गायिका शान्तीश्रीको स्वर रहेको ‘यसपालीको तीजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । हिन्दू नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा गाउँ घरमा बोलिँदै आएका मौलिक शब्द सृजना समावेश गरिएको गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुसी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन् ।

गीतमा संगीत रिमेश कुमार थापाको रहेको छ। पछिल्ला दिनमा तीजका गीतमा बिकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला यो गीतमा भने मौलिक विषयवस्तु उठाइएको निर्माण यूनिट बताउँछ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। जसमा उत्सव दाहालको छायाँकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *