एजेन्सी । कोपा अमेरिका फूटबलमा अमेरिकाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा भोलिभियालाई २-० गोलले हराउँदै अमेरिकाले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
अमेरिकालाई जित दिलाउन क्रिस्टेन पुलिसिक र फोलारिन बालोगुनले समान एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमा वेहको पासमा पुलिसिकले गोल गर्दै अमेरिकालाई शुरुवाती अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा पुलिसिकको पासमा बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अमेरिका २-० गोलले विजयी भएको हो ।