स्कटल्याण्ड बाहिरियो, जर्मनी र स्विटजरल्याण्डको बराबरी

एजेन्सी । स्कटल्याण्ड युईएफए युरोकपबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा हंगेरीसँग १-० गोलले पराजित हुँदै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको हो ।

स्टुटगार्ट एरिनामा भएको खेलमा हंगेरीलाई जित दिलाउन केभिन क्सोभोथले निर्णायक गोल गरे । गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयको दसौं मिनेटमा सालाईको पासमा क्सोभोथले गोल गर्दै हंगेरीलाई जित दिलाएका हुन् ।

जितसँदै हंगेरी ३ खेलबाट ३ अंक जोड्दै समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको स्कटल्याण्ड चौथो स्थानमा रह्यो ।

गएरातिनै भएको सोहि समूहको खेलमा जर्मनी र स्विटजरल्याण्डले १-१ गोलको बराबरी खेलेका छन् । स्विटजरल्याण्डको  लागि डान नोडोएले एक गोल गर्दा जर्मनीको लाही निकलस फुल्क्रुगले एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *