काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत दक्षिणअफ्रिकाविरुद्ध जारी खेलमा नेपालले शानदार बलिङ प्रदर्शन गरेको छ । सेन्ट भिन्सेटमा जारी खेलमा नेपालले चौथो सफलता पाएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ताजा अवस्थामा १६ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा ८५ रन जोडेको छ । डेभिड मिल्लर ५ र ट्रिस्टान स्तुब्स एक रन बनाउँदै क्रिजमा छन् । यसअघि ओपनर क्विन्टिन डी कक १० रन, कप्तान एडिन मार्क्रम १५ र हेन्रिक क्लासेन ३ रन बनाउँदै आउट भएका थिए ।