बयलपाटा अस्पताल सञ्चालनमा सहयोग गर्न सांसद पाण्डेको माग

 

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्  ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले  अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए । उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे ।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *